महानिरीक्षक कुँवरद्वारा एआइजी ज्ञवालीको बिदाइ



काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सेवा निवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) श्यामलाल ज्ञवालीलाई मंगलबार बिदाइ गरेका छन् ।

मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महानिरीक्षक कुँवरले ज्ञवालीले सङ्गठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, सङ्गठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका काम गरेको बताए ।

अपराध न्यूनीकरण तथा अनुसन्धान, शान्तिसुरक्षा व्यवस्थापन, नीतिनिर्माण, सङ्गठनिक सुदृढीकरणका साथै सङ्गठनको रणनीतिक कार्ययोजना कार्यान्वयनमा ज्ञवालीले पुर्याएको अतुलनीय योगदानको उनले चर्चा गरे । महानिरीक्षक वसन्तबहादुर कुँवरले ज्ञवालीलाई मायाको चिनो पनि प्रदान गरेका थिए ।

प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले आगामी दिनमा पनि सङ्गठनलाई निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए । ज्ञवाली विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए । उनी दर्जागत उमेरहदका कारण भदौ २६ गते सेवानिवृत्त हुन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न

अछाम । पुनःनिर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न भएको छ

स्कारपियो गाडी दुर्घटना हुँदा सर्लाहीमा चालकको मृत्यु

सर्लाही । सर्लाहीको चक्रघट्ट गाउँपालिका–२, बेल्हीमा स्कारपियो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको

कसको निर्देशनमा उर्जा मन्त्रालयले दियो कुलमानलाई कार्य सम्पादनमा शून्य नम्बर ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

परराष्ट्रमन्त्री र गृहमन्त्रीद्वारा प्रकृति लम्सालका परिवारसँग भेट

भैरहवा । परराष्ट्रमन्त्री आरजु राणा र गृहमन्त्री रमेश लेखकले भारतको उडिसास्थित केआईआईटी कलेजमा