अब प्रहरीमा डीआईजी हुन स्टाफ कलेज पास गर्नुपर्ने, एमपीएस कार्यक्रम संचालनका लागि त्रिविसँग समझदारी



काठमाडौं । त्रिभुवन विश्वविद्यालय र नेपाल प्रहरीबीच नेपाल प्रहरीमा स्नातकोत्तर तहको मास्टर्स इन पुलिस साइन्स(एमपीएस) संचालनसम्बन्धी सम्झौता भएको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा एमपीएस कार्यक्रम संचालन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । सझदारी पत्रमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र त्रिविको व्यवस्थापन संकायका डीन प्रा. डा. डिल्लीराज शर्माले हस्ताक्षर गरेका छन् ।

समझदारीसँगै नेपाल प्रहरीमा अब औपचारिक रुपमा स्टाफ कलेज कोर्स सुरुवात भएको छ । उच्च प्रहरी अधिकृतहरूको वृत्तिविकास र नेतृत्व विकास कोर्षको रुपमा एमपीएस कार्यक्रम सुरु गरिएको प्रहरी प्रमुख कुँवरले जानकारी दिए । अब नेपाल प्रहरी एकेडेमीले वार्षिक क्यालेन्डर बनाएर स्टाफ कलेज अघि बढाउनेछ ।

प्रहरी निरीक्षकमा भर्ना भएको सात वर्ष पूरा भएका र जुनियर प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुले स्टाफ कलेजको रुपमा एमपीएस कोर्स पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ । यो कोर्स पूरा नगर्नेले एसएसपी भन्दा माथि जान पाउने छैनन् । यसअघि स्टाफ कलेज कोर्स नेपाली सेनामा मात्रै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘रेडियो फ्रिक्वेन्सी बाँडफाँटमा स्पष्टता आवश्यक’

काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले प्राकृतिक स्रोत अन्तर्गतको ‘रेडियो

सरकारले ल्याएको अध्यादेश हुबहु पारित हुँदैनः नेता विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यथास्थितिमा

डोला दर्शनका लागि श्रद्धालुको भीड

महोत्तरी । ‘सियावर रामचन्द्रकी जय हो’ एउटै वाणी, एउटै लय । मिथिला माध्यमिकी

पार्टीमा केही असहमति भए त्यसलाई छलफल गरेर समाधान गर्नुपर्छः सभापति देउवा

भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा कांग्रेसलाई ठूलो पार्टी बनाउने