प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेश सर्वोच्चद्वारा खारेज



काठमाडौं । प्रहरीमा ३० वर्षे सेवा अवधिअनुसार अनिवार्य अवकाशमा जाने प्रणाली लागू नगर्न यसअघि सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेज भएको छ ।

नेपाल प्रहरीका डीआईजीसहित केही उच्च अधिकारीले सर्वोच्च अदालतमा ३० वर्षे सेवा अवधिअनुसार अवकाशको प्रणाली कार्यान्वयन नगर्न भन्दै दिएको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको सो आदेशविरुद्ध सरकार भ्याकेट निवेदन लिएर सर्वोच्च पुगेको थियो ।

सरकारको भ्याकेट निवेदनमा पनि सर्वाेच्चले अन्तरिम आदेश गरेको हो । सरकारको भ्याकेट निवेदनमाथि शुक्रबार न्यायाधीश विनोद शर्मा र सारंगा सुवेदीको संयुक्त इजलासले अघिल्लो अन्तरिम आदेश खारेज गरी अर्को अन्तरिम आदेश दिएको छ । सर्वोच्चको यो आदेशपछि पनि १५ भदौमा नेपाल प्रहरीका ९० जना अनिवार्य अवकाशमा भने जाने छैनन् ।

शुक्रबार संयुक्त इजलासले यसअघि प्रहरी अधिकृतले दायर गरेको रिट र सरकारको भ्याकेट निवेदनलाई एकै ठाउँमा राखेर सुनवाइ गर्ने पनि आदेश दिएको छ । त्यसपछि अघिल्लो अन्तरिम आदेश निरन्तर भए ३० वर्षे लागू हुने छैन भने पछिल्लो अन्तरिम आदेश लागू भए ३० वर्षे सेवा अवधि लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न

अछाम । पुनःनिर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न भएको छ

बजेटमा सार्वजनिक खर्चको प्रभावकारिता बढाउने गरी आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न अर्थको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले सबै विषयगत मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट

आर्मीलाई हराउँदै मछिन्द्रलाई तेस्रो पटक केपी ओली कपको उपाधि

काठमाडौं । केपी ओली कपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । सोमबार

स्कारपियो गाडी दुर्घटना हुँदा सर्लाहीमा चालकको मृत्यु

सर्लाही । सर्लाहीको चक्रघट्ट गाउँपालिका–२, बेल्हीमा स्कारपियो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको