राष्ट्रपतिबाट टीआरसी विधेयक प्रमाणीकरण, आयोगमा पदाधिकारी नियुक्तिका लागि बाटो खुल्यो


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक प्रमाणीकरण गरेका छन् ।

संघीय संसदको दुबै सदनबाट पारित भएको विधेयक राष्ट्रपति पौडेलले बिहीबार प्रमाणीकरण गरेका हुन् । विधेयक प्रमाणीकरण भएसँगै अब दुबै आयोगमा पदाधिकारी नियुक्तिका लागि बाटो खुलेको छ ।

यसअघि बुधबार सभामुख देवराज घिमिरले विधेयक प्रमाणित गरी राष्ट्रपतिलाई प्रमाणीकरणका लागि पठाएका थिए ।