नेपाल एयरलाइन्सका सबै जहाज ग्राउन्डेड भएकोमा सांसद झाद्वारा सरकारको ध्यानाकर्षण


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद मनिष झाले नेपाल एयरलाइन्सका सबै जहाज ग्राउन्डेड भएकोमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद झाले जहाज ग्राउन्डेड हुँदा दैनिक पाँच करोड बढी नोक्सानी भएको भन्दै सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।

सेटिङमा आफ्नो ध्वजाबाहकलाई पार्किङमा राखेर कमिसनको खेल भएको हुनसक्ने भएको सरकारको ध्यान जानुपर्ने बताए ।

उनले भने, ‘दैनिक रूपमा पाँच करोड बढी नोक्सानी बेहोरेको छ । कतै यो चाडपर्व आइरहेको समयमा, कतै अन्तर्राष्ट्रिय अन्य कम्पनीहरूले सञ्चालितहरूलाई पैसा र नाफा दिनका लागि सेटिङमा आफ्नो ध्वजाबाहकलाई पार्किङमा पुर्याएको त होइन ?’

उनले सी चेक जाँचका लागि भारत हुँदै इटाली पठाइएको जहाज ९० दिनसम्म किन बनेन भन्दै प्रश्न गरे ।