अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेमाथि गोली प्रहार गर्ने व्यक्ति पक्राउ



काठमाडौं । अमेरिकाको ह्युस्टनमा नेपाली विद्यार्थी मुना पाण्डेमाथि गोली प्रहार गर्ने अभियुक्त पक्राउ परेका छन् । २१ वर्षीया पाण्डेमाथि गोली हानी हत्या गर्ने अभियुक्तलाई ह्युस्टन प्रहरीले पक्राउ गरेको छ ।

सर्वसाधारणको विभिन्न सुझावका आधारमा बुधबार साँझ ट्राफिक जामको क्रममा उनलाई पक्राउ गरिएको हो । अभियुक्तको परिचय भने खुलाइएको छैन । अगस्ट २४ शनिबार राति ९ः४८ मा सीसीटीभी फुटेजबाट कैद गरिएको संदिग्धको तस्बिर बुधबार प्रहरीले सार्वजनिक गरेको थियो ।

मुना सोमबार साँझ उनको ह्युस्टन अपार्टमेन्टमा मृत फेला परेकी थिइन् । साँझ ५ः३५ बजे फोन गर्दा प्रहरीले गोली चलाएको अवस्थामा फेला पारेको थियो ।

घटना वेस्ट एयरपोर्ट बुलेभार्डमा भएको हो । उनको शव पोस्टमार्टमका लागि पठाइएको छ । नेपालको भोजपुर निवासी पाण्डे सन् २०२१ देखि ह्युस्टन कम्युनिटी कलेजमा पढ्दै आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ सरकारको अवस्थाः आठ महिनामा सात खर्ब ३८ अर्ब आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी

आर्थिक अभावका कारण यसवर्ष गैंडा गणना नहुने

चितवन ।  हरेक पाँच वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यो

चैत १५ को प्रदर्शनलाई ‘भव्य’ बनाउने समाजवादी मोर्चाको निर्णय

काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा वृहत जनसभा आयोजना गर्ने भएको

१७२ यात्रु बोकेको अमेरिकी विमानमा आगो लागेपछि…(भिडियो)

न्युयोर्क पोष्ट । बिहीबार राति अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकन एयरलाइन्सको विमानमा अचानक