यी हुन् अमेरिकामा नेपाली युवती मुना पाण्डेमाथि गोली प्रहार गर्ने व्यक्ति



काठमाडौं । ह्युस्टन प्रहरीले नेपाली विद्यार्थी मुना पाण्डेको  हत्यामा संलग्नको तस्बिर सार्वजनिक गरेको छ । ह्युस्टन प्रहरीले २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्यामा संलग्न शंकास्पद व्यक्तिको तस्बिर सार्वजनिक गरेको हो । तर संदिग्धको पहिचान भने खुल्न सकेको छैन ।

सीसीटीभी फुटेजमा संदिग्ध व्यक्ति शनिबार अगस्ट २४ मा राति ९ः४८ बजे घटनास्थलमा आइपुगेको देखाइएको नेप्योर्क डटकमले उल्लेख गरेको छ । तस्बिर सार्वजनिक भएपनि संदिग्ध पक्राउ पर्न सकेको छैन ।

प्रहरीले यसबारे अनुसन्धान गरिरहेको जनाएको छ । गोली प्रहार गर्ने व्यक्ति मुनासँग सम्बन्धमा रहेका युवक नभएको बताइएको छ । मुना सोमबार साँझ उनको ह्युस्टन अपार्टमेन्टमा मृत फेला परेकी थिइन् ।

साँझ ५ः३५ बजे फोन गर्दा प्रहरीले गोली चलाएको अवस्थामा फेला पारेको थियो । घटना वेस्ट एयरपोर्ट बुलेभार्डमा भएको हो । शवलाई पोस्टमार्टमका लागि पठाइएको छ । प्रहरीले गोली प्रहार गर्ने व्यक्तिको पहिचानका लागि सहयोग गर्न आग्रह गरेको छ । मुना भोजपुरकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ सरकारको अवस्थाः आठ महिनामा सात खर्ब ३८ अर्ब आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी

आर्थिक अभावका कारण यसवर्ष गैंडा गणना नहुने

चितवन ।  हरेक पाँच वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यो

चैत १५ को प्रदर्शनलाई ‘भव्य’ बनाउने समाजवादी मोर्चाको निर्णय

काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा वृहत जनसभा आयोजना गर्ने भएको

१७२ यात्रु बोकेको अमेरिकी विमानमा आगो लागेपछि…(भिडियो)

न्युयोर्क पोष्ट । बिहीबार राति अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकन एयरलाइन्सको विमानमा अचानक