अवकाश रोक्न माग गर्दै पाँच प्रहरी अधिकारीले दिए सर्वोच्चमा रिट



काठमाडौं । उमेर हदका कारण अवकाशमा जान लागेका नेपाल प्रहरीका पाँच जना प्रहरी अधिकृतले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

भदौ २६ गतेदेखि अनिवार्य अवकाशमा जा लागेका एआईजी श्याम ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, राजेशनाथ बास्तोला, केदार ढकाल र प्रहरी निरीक्षक नागेन्द्र ठाकुरले बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन् । उनीहरूले उमेर हदका कारण अनिवार्य अवकाश हुन लागेको भन्दै त्यसलाई रोक्न अन्तरिम आदेश माग गरेका छन् ।

रिटको बिहीबारलाई पेसी तोकिएको छ । यसअघि नेपाल प्रहरीका डीआईजी विष्णुकुमार केसीसहित २१ जनाले सर्वोच्च अदालतमै ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै रिट दायर गरेका थिए ।

उनीहरूको पक्षमा सर्वोच्चले अन्तरिम आदेश दिएपछि एआईजी ज्ञवालीसहितका अधिकारीहरू पनि अवकास रोक्न माग गर्दै सर्वोच्च पुगेका हुन् । उक्त आदेशविरुद्ध सरकारले भ्याकेट निवेदन दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न

अछाम । पुनःनिर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न भएको छ

बजेटमा सार्वजनिक खर्चको प्रभावकारिता बढाउने गरी आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न अर्थको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले सबै विषयगत मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट

आर्मीलाई हराउँदै मछिन्द्रलाई तेस्रो पटक केपी ओली कपको उपाधि

काठमाडौं । केपी ओली कपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । सोमबार

स्कारपियो गाडी दुर्घटना हुँदा सर्लाहीमा चालकको मृत्यु

सर्लाही । सर्लाहीको चक्रघट्ट गाउँपालिका–२, बेल्हीमा स्कारपियो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको