टेक्सासस्थित होस्टन कम्युनिटी कलेजमा अध्ययनरत नेपाली युवती मुना पाण्डेको हत्या
अमेरिका । अमेरिकामा एकजना नेपाली युवतीको हत्या भएको छ । गत सोमबार राति टेक्सासस्थित होस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया युवती मुना पाण्डेको हत्या भएको हो ।
शनिबारदेखि सम्पर्कविहीन रहेकी उनी सोमबार आफ्नै मृत भेटिएकी थिइन् । होस्टन प्रहरीले उनको टाउकोमा धेरैपटक गोली प्रहार भएको बताएको छ । उनलाई उनकी एक्ली आमा अनिता पाण्डे अधिकारीले हुर्काएकी थिइन् । मुना सन् २०२१ मा स्नातक अध्ययनका लागि अमेरिका आएकी थिइन् ।
ह्युस्टनमा, मुना आफ्नै अपार्टमेन्टमा सर्नुअघि नेपालबाट आएका साथीसँग बस्थिन् । छोरीको असामयिक मृत्युबाट स्तब्ध भएकी आमा अनिताले हत्याको छानबिन गरी दोषीलाई कानुनी कठघरामा ल्याउन अपील गरेकी छन् । उनले न्यायको खोजीमा अमेरिकामा रहेका नेपाली समुदायलाई सहयोग गर्न पनि आग्रह गरेकी छन् ।