प्रधानमन्त्री ओलीसँग ओमानका विदेशमन्त्रीको भेट



 

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका छन् ।

मंगलबार भएको भेटका अवसरमा उनीहरूबीच दुई पक्षीय हित र चासोसहित पारस्परिक लाभका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा  प्रधानन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायतको उपस्थिति थियो ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा ओमानका विदेशमन्त्री दुईदिने औपचारिक भ्रमणका क्रममा हिजो नेपाल आएका हुन् । नेपालको ओमानसँग ‘सन् १९७७ जनावरी २१’ मा कूटनीतिक सम्बन्ध कायम भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बझाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार राति ८ बजेर

संसदीय समितिले गृहसँग माग्यो सहकारी ठगी विदेशमा फरार २८ जनाको खोजी कार्यको प्रगति विवरण

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले

संवैधानिक परिषदको बैठक विनानिष्कर्ष टुंगियो, अर्को बैठक भदौ ३१ मा

काठमाडौं । संवैधानिक परिषदको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानन्यायाधीश सिफारिस गर्न

गैरसंवैधानिक नियमावली खारेज नहुँदासम्म न्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढाउन बारको माग

काठमाडौं । नेपाल बार एसोसिएसनले गैरसंवैधानिक नियमावली खारेज नहुँदासम्म न्यायाधीश नियुक्ति प्रक्रिया अघि