काठमाडौँ । हेर्ने कथामा ‘हराएका वर्षहरू’ हेरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाशसँग भेट गर्ने इच्छा व्यक्त गरेका छन् । युट्युवमा भिडियो हेरेर प्रकाश तमाङप्रति चिन्ता प्रकट गरिरहेका बेला प्रधानमन्त्री ओलीले प्रकाश तामाङलाई भेट्ने इच्छा प्रकट गरेका हुन् ।
उनले सामाजिक संजालमा लेखेका छन्, ‘हेर्ने कथाको पछिल्लो एपिसोड ‘हराएका वर्षहरू’ हेरेँ । प्रकाश तामाङ (काले मोक्तान)को परिवारसँग मिलनको दृश्यले आँसु आयो । सोचें – यस्ता कति प्रकाशहरु वर्षौंदेखि हराएका होलान् ! एक पटक प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहन्छु । विद्या चापागाईं प्रभावशाली ‘स्टोरी टेलर’ हुनुहुन्छ । हेर्ने कथामा उहाँले प्रस्तुत गरेका अरु कयौं कथाहरू पनि हेरेको छु । विद्या चापागाईंसँग पनि भेटेर यस विषयमा कुरा गर्ने छु । यस मर्मस्पर्शी कथालाई दृश्यमा ल्याइदिएकोमा हेर्ने कथा टिमलाई धन्यवाद !’

प्रतिक्रिया