यो पनि अर्को गाईजात्रा नै हो !



गणेश कार्की ।
हिजो मनोज गजुरेलले आफ्नो युट्युब च्यानलमा पुनर्जन्म नामको भिडियो राखेर यसपालीको गाईजात्रा मैजारो गरे । रमाइलो छ, हेर्नुहोला । तर, हिजै प्रधानमन्त्री खड्गप्रसाद ओलीले ‘यत्रो ९ वर्षसम्म किन २१ अर्ब ८८ करोड रुपैयाँ महसुल उठाइएन, ९ वर्षसम्म २२ अर्ब रुपैयाँ किन उठाइएन भन्ने कुराको पनि जवाफ खोजिनु पर्छ’ भन्ने स्टाटस आफ्नो पेजमा लेख्दै गाईजात्रालाई निरन्तरता दिइरहेका छन् । प्रधानमन्त्री ओलीको लेखाइ गाईजात्रा नै हो भन्ने प्रमाण हेर्नुहोला । अहिलेसम्म ओली ४ पल्ट प्रधानमन्त्री बनेका छन् । र, ४ पल्ट नै यही ९ वर्षभित्र बनेका हुन् । त्यो पनि सबै जोड्दा ४ वर्ष भन्दा बढी ।

पहिलो पटकः २०७२ असोज २४ देखि २०७३ साउन ९ – समय ९ महिना १५ दिन प्रधानमन्त्री
दोस्रो पटकः २०७४ फाल्गुन ३ देखि २०७८ वैशाख २ – समय ३ वर्ष २ महिना प्रधानमन्त्री
तेस्रो पटकः २०७८ वैशाख ३० देखि २०७८ असार २८ – समय २ महिना प्रधानमन्त्री
चौथो पटकः २०८१ असार ३० देखि चलिरहेको

अनि, ९ वर्षमा लगभग आधा आफै प्रधानमन्त्री बनेका ओलीले ९ वर्ष चै के हेरेर बसियो भन्नु गाईजात्रा नभएर के हो त ? प्रज्ञा प्रतिष्ठानमा मनोज गजुरेलहरूको केहीदिनको गाईजात्रा मज्जा हुने । तर, बालुवाटार, सिंहदरवारमा प्रधानमन्त्रीको सधैँको गाईजात्रा त छ्या !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धवलागिरिका दुर्गम गाउँमा सडक पहुँच

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरका हरिप्रसाद तिलिजालाई नजिकको बजार मालिका गाउँपालिकाको केन्द्र

छयानब्बे वर्षमा नागरिकता

बझाङ । वडाभरिकै पाको, मान्छे । वृद्धावस्थामा पनि माटोसँगको सामिप्यता छ, ९६ वर्षीया

मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

अबुधाबीस्थित नेपाली दूतावासले श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै

अबुधाबी।  सरकारले श्रम सुशासनका क्षेत्रमा लागू गरेका नीतिगत, कानूनी तथा प्रक्रियागत विषयमा यूएईको