काठमाडौं । भ्रष्टाचार र भ्रष्टाचारी दुवैलाई निर्मूल गर्न मागसहित युवाहरुले बालुवाटार घेराउ गरेका छन् । अब बोल्छ नेपाल लेखिएको ब्यानरसहित विभिन्न विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्ने भन्दै उनीहरूले शनिबार बालुवाटारमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले भ्रष्टाचारीलाई जोगाउने नियतले ५ वर्षे हदम्याद ल्याउन लागिएको भन्दै यसको खारेजीको माग गरेका छन् ।
त्यस्तै विभिन्न प्रकरणलाई अघि बढाई यथाशीघ्र निष्पक्ष अनुसन्धान गर्नुपर्ने, सबै नेताहरूको सम्पत्ति छानबिनका लागि स्वतन्त्र नागरिक आयोग गठन गर्नुपर्ने लगायतका उनीहरूको माग छ ।
उनीहरूले विद्युत प्राधिकरणले विभिन्न उद्योगबाट उठाउनुपर्ने बक्यौता असुल गर्न पनि माग गरेका छन् ।

प्रतिक्रिया