तनहुँ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा सडकबाट बस मस्र्याङ्दी नदीमा खसेको छ । पोखरादेखि काठमाडौंका लागि छुटेको भारतीय नम्बर प्लेटको बस मस्र्याङ्दी नदीमा खसेको हो ।
बसमा ४० यात्रु रहेको बताइएको छ । प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले अहिले घटनास्थलबाट उद्धारको काम भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया