२८० जना अधिकृत क्याडेटका लागि सेनाले माग्यो आवेदन



काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा अधिकृत क्याडेट मागेको छ । सेनाले अधिकृत क्याडेटर्फ २८० जनाका लागि आवेदन माग गरेको हो । रिक्त अधिकृत (सहायक सेनानी/उपसेनानी) खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि सेनाले दरखास्त आह्वान गरेको हो ।

सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ सिट छुट्याइएको छ । त्यस्तै खुलातर्फ १४७, महिला २४, आदिवासी–जनजाती ३८, मधेशी ३३, दलित १८ र पिछडिएको क्षेत्रका ६ जनाको माग भएको छ ।

आगामी असोज ६ गतेसम्म दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मार्चमा एक लाख २१ हजार आठ सय विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । सन् २०२५ को मार्च महिनामा एक लाख २१ हजार आठ सय

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मुस्ताङ । मुस्ताङको मार्फा भन्ने वित्तिकै त्यहाँ स्याउको बगान । पुराना प्राचीन घरहरू

पाँच वर्षमा पनि सम्पन्न भएन तीनखुट्टे–देवीटार सडक

धुलिखेल ।  काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाको केन्द्र देवीटार जोड्ने सडकखण्ड पाँच वर्षसम्म पनि सम्पन्न

पर्वतमा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु, चालक गम्भीर

पर्वत । पर्वतको जलजला गाउँपालिका वडा नम्बर ५ लेखफाँटमा मंगलबार भएको ट्याक्टर दुर्घटनामा