नयाँ विषयको पठनपाठन थालेपछि त्रिविका आङ्गिक क्याम्पसमा विद्यार्थी दोब्बरले वृद्धि



चितवन । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीको संख्या दोब्बरले वृद्धि भएको छ । विसं २०७७ मा तीन हजार चार सय विद्यार्थी अध्ययन गरेको यस क्याम्पसमा हाल यो संख्या सात हजारमाथि पुगेको छ ।

क्याम्पस प्रमुख दयाराम पौडेलका अनुसार क्याम्पसमा नयाँ विषयको पठनपाठन थालेपछि विद्यार्थीको आकर्षण निकै बढेको हो । क्याम्पसमा मानविकी, विज्ञान, व्यवस्थापन र शिक्षा संकायको स्नातक र स्नातकोत्तर तहमा पढाइ हुँदै आएको छ ।

स्नातकमा व्यवस्थापनतर्फ बीबीए र बीबीएसको पढाइ हुने गर्दछ । विज्ञानतर्फ बीएस्सी, बीएस्सी सीएसआईटी, बीआइटी, बीएस्सी जुओलजी र माइक्रोबायोलोजीको पढाइ हुने गरेको छ । शिक्षातर्फ बीएस र बीआईसीटीई विषयको पढाइ हुने गर्छ ।

स्नातकोत्तरमा विज्ञानतर्फ फिजिक्स र क्यामेस्ट्री, व्यवस्थापनतर्फ एमबीएस, मानविकीतर्फ नेपाली, अंग्रेजी, अर्थशास्त्र, समाजशास्त्र र जनसंख्या शिक्षाको पढाइ हुँदै आएको छ ।

यसै वर्षदेखि एमसीए र एमएडको पढाइ सञ्चालन गर्ने तयारी क्याम्पसले गरेको छ । क्याम्पसमा नयाँ विषयको पढाइ थालेपछि पहिलो रोजाइ बन्न सकेको हो । क्याम्पस प्रमुख पौडेलले भने, ‘शुल्क कम र गुणस्तरीय पढाइ हुने भएकाले यहाँ कोटा पाएसम्म विद्यार्थी अन्यत्र पढ्न जाँदैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आफ्नै पार्टीका सांसद राजेन्द्र बजगाईंविरुद्ध पर्यटनमन्त्री पाण्डेले दिए कांग्रेसको अनुशासन समितिमा उजुरी

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा पठाइदिन्छु भन्दै रकम

पहिलो पटक नेपालबाट तेस्रो मुलुक बंगलादेशमा विद्युत निर्यात सुरु

काठमाडौं । नेपालबाट पहिलोपटक तेस्रो मुलुक बंगलादेशमा विद्युत निर्यात गरिएको छ । यसअघि

छारेरोगबाट बच्ने कसरी ?

-डा. राजीव झा हाम्रो मस्तिष्कमा करोडौँ स–साना नसाका न्यूरोनहरुको प्रवाह भएको हुन्छ ।