काठमाडौंको बालाजुमा सप्तदिवसीय सत्सङ्ग


काठमाडौं । काठमाडौंको बालाजु चोकस्थित श्रीरामार्चन भवनमा श्रीकृष्णाष्टमीका अवसरमा सप्तदिवसीय श्रीमद्भागवत सत्सङ्ग भइरहेको छ ।

भारतीय सन्त समाजका अत्यन्त प्रतिष्ठित सिद्ध विभूति, श्रीमणिराम छाउनी पीठाधिश्वर एवं श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका अध्यक्ष अनन्तश्री विभूषित श्रीनृत्यगोपालदासजी महाराजश्रीका उत्तराधिकारी न्याय, व्याकरण, साहित्याचार्य श्री श्री १००८ श्रीमहन्त कमलनयनदास शास्त्रीजी महाराजको मुखारविन्दबाट सप्त दिवसीय श्रीमद् भागवत कथा वाचन भइरहेको हो ।