शिक्षकका समस्या आपसी संवादबाट समाधान गर्नुपर्छ : प्रधानमन्त्री ओली



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकका समस्या आपसी संवादबाट समाधान गर्नुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३औँ राष्ट्रिय परिषद् बैठकमा उनले पढाउने दायित्वसँगै नेपालको राजनीतिक परिवर्तनमा पनि शिक्षकहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

“शिक्षकहरूका समस्या भए आपसी संवादबाट समाधान गर्नुपर्छ,” प्रधानमन्त्री ओलीले भने, “शिक्षक वा कुनै पनि जनतामाथि सरकारले दमनचक्र लाद्न हुँदैन ।”

अघिल्लो सरकारले शिक्षकहरूलाई राजनीति गरेको आरोप लगाएर दबाबमा राखेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब अवस्था फेरिएकाले ढुक्कका साथ शिक्षण र समाजको जागरणमा लाग्न आग्रह गरे ।

उनले शिक्षासम्बन्धी र कर्मचारीसम्बन्धी ऐननियमलाई आपसी संवादबाट समायानुकूूल सुधारका लागि सरकार तत्पर रहेको जनाए ।

“राजनीति र शिक्षकको भूमिकालाई नबुुझेकाहरूले शिक्षकमाथि एकतर्फी दमनचक्र लगाउन खोजेका थिए । शिक्षकलाई राजनीतिबाट अलग गराएँ भनेर घोषणा गरेका थिए । त्यो शिक्षकहरूलाई लपेट्ने प्रयास हो । ती प्रयास गलत थिए”, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले भने, “वास्तवमा अरस्तु र प्लेटोका पालादेखि नै मानिस राजनीतिक प्राणी हो भन्ने स्पष्ट भइसकेको थियो । त्यसैले यो सरकार शिक्षकमाथि कुनै शत्रुुता राख्नुपर्ने कारण देख्दैन । शिक्षकहरूले आफ्नो कर्म र दायित्वलाई इमान्दार रुपमा निर्वाह गरिदिए पुुग्छ । कक्षाकोठाभन्दा बाहिर पनि शिक्षकहरू समाजको विकृति बढार्ने काममा साँझ–बिहान लाग्नुपर्छ । शिक्षक हुनुु भनेको जागिरे हुनुु होइन, एक प्रकारको जागरण हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न

अछाम । पुनःनिर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न भएको छ

स्कारपियो गाडी दुर्घटना हुँदा सर्लाहीमा चालकको मृत्यु

सर्लाही । सर्लाहीको चक्रघट्ट गाउँपालिका–२, बेल्हीमा स्कारपियो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको

कसको निर्देशनमा उर्जा मन्त्रालयले दियो कुलमानलाई कार्य सम्पादनमा शून्य नम्बर ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

परराष्ट्रमन्त्री र गृहमन्त्रीद्वारा प्रकृति लम्सालका परिवारसँग भेट

भैरहवा । परराष्ट्रमन्त्री आरजु राणा र गृहमन्त्री रमेश लेखकले भारतको उडिसास्थित केआईआईटी कलेजमा