लायन्स क्लबद्वारा पोखरामा बालबालिकाहरुका लागि क्यान्सर सचेतना कार्यक्रमको आयोजना



पोखरा । लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ एम अन्तरगत पर्ने ३ वटा क्लबले संयुक्त रुपमा बालबालिकाहरुका लागि क्यान्सरसम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर २३ स्थित माझँथुममा रहेको सिद्धबराह माविका विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी क्यान्सरसम्बन्धी विविध जानकारीसहित चेतनामूलक सचेतना कार्यक्रम बुधबार आयोजना गरेको हो ।

लायन्स क्लब अफ पोखरा ब्लु स्काई, लायन्स क्लब अफ पोखरा साझा चौतारी र लायन्स क्लब अफ पोखरा समता प्रदेशले आयोजना गरेको बालबालिकामा क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम संयोजक डा. सरस्वती न्यौपानेद्वारा बालबालिका विभिन्न जिज्ञासा र प्रश्नहरुलाई समेटेर प्रशिक्षित गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि जिएसटी कोर्डिनेटर जगन्ननाथ तिमिल्सिना रहेका थिए ।

अन्य अतिथिहरुमा कलस्टर १ का प्रमुख लक्ष्मण तिमिल्सिना, सिद्धबराह माविका प्रधानाध्यापक बद्धिनाथ पराजुली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुदत्त पराजुली, रिजन चियर पर्सन युवराज पौडेल, जोन चियर पर्सन लक्ष्मी बराललगायत रहेका थिए ।

क्यान्सर कसरी लाग्न सक्छ ? यसका लक्षणहरु के कस्ता हुन्छन् ? क्यान्सरबाट बच्न कसरी सकिन्छ ? यसको औषधि उपचार र अवस्था के कस्तो छ ? जस्ता विभिन्न विषयवस्तुलाई समेटेर प्रस्तुत गरिएको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रममा विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु, शिक्षक र क्लबबाट सहभागी सदस्यहरुको सहभागिता रहेको थियो ।

पोखरा ब्लु स्काईका अध्यक्ष बिन्दु शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजक विद्यालयका शिक्षक निर्मल शर्मा रहेका थिए भने कार्यक्रमको संचालन मेनका पौडेलले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने तयारी

चोरी पैठारीको २० किलो चाँदीसहित पाँच पक्राउ

काठमाडौँ । चोरी पैठारी गरी ल्याइएको २० किलो चाँदीसहित काठमाडौँबाट पाँच जना पक्राउ

पत्रकारको पास निलम्वन गरेकोप्रति महासङ्घको ध्यानाकर्षण

काठमाडौँ । प्रश्न सोधेका आधारमा सङ्घीय संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश

महानगरको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवा लिनेको संख्यामा उल्लेख्य वृद्धि, ७ महिनामा लिए ९३ हजारले सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट प्रवाह गरिरहेको स्वास्थ्य सेवामा सेवाग्राहीको सङ्ख्या