बाजुरा । विद्युत् लाइन विस्तारका क्रममा शनिबार करेन्ट लागेर बडीमालिका नगरपालिका–७ का ३३ वर्षीय मनबहादुर विष्टको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिंह कार्कीका अनुसार विद्युत् लाइन विस्तारका क्रममा सोही नगरपालिका–६ जडनङ्गामा विष्टलाई करेन्ट लागेको थियो ।
बडिमालिका नगरपालिका–६ को जडाङ्गामा ३३ केभीको लाइन बनाउने क्रममा करेन्ट लागेर विष्ट घाइते भएपछि उपचारका लागि अछामका बयालपाटा अस्पतालमा लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको निरीक्षक कार्कीले जानकारी दिए ।

प्रतिक्रिया