बिपी क्यान्सर अस्पतालमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु



चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु गरिएको छ । यो अत्याधुनिक थुलियम फाइबर लेजर (टिएफएल) मेसिन हो ।

अस्पतालका उपनिर्देशक एवं युरोलोजिष्ट डा उमेश नेपालले इण्डोयुरोलोजी सेवाको पछिल्लो प्रविधि (लेटेस्ट टेक्नोलोजी) भएकाले सेवाको समयसापेक्ष स्तरोन्नति हुने बताए ।

यसअघि युरोलोजीमा प्रयोग हुने लेजरहरु होल्मियम लेजरको पल्स एमल्सन हुने हुनाले टिस्यू च्यातिने सम्भावना (टिस्यू टिएरिङ इफेक्ट) हुने जनाउँदै उनले टिएफएल निरन्तर बीममा निस्किने र टिस्यु च्यातिने समस्या नहुने जानकारी दिए ।

उनले भने, ‘यो प्रविधिबाट शल्यक्रिया गर्दा रक्तश्राव अति नै न्यून हुन्छ । टिस्यू पेनिट्रेसन सबैभन्दा कम हुने हुनाले जोखिम दर अति नै न्यून हुन्छ ।’

अस्पतालमा हरेक वर्ष चार सय ५० हाराहारी पिसाब थैलीका क्यान्सर र एक सय हाराहारी प्रोस्टेट क्यान्सरको शल्यक्रिया हुने जानकारी दिँदै डा नेपालले यस्ता बिरामीका लागि यो प्रविधि निकै लाभदायी हुने बताए ।

उनले भने, ‘एन ब्लक रिसेक्सन गर्न मिल्ने भएकाले पुनःशल्यक्रिया गर्नुपर्ने सम्भावना पनि न्यून हुन्छ ।’ मेसिन जडान गरेसँगै शुक्रबार पहिलो दिन तीन वटा शल्यक्रिया गरिएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले आधुनिक उपकरणहरु भित्राएर सेवा चुस्तदुरुस्त एवं बिरामीलाई सहज बनाउने काममा आफूहरु लागि परेको बताए ।  अस्पतालमा देशभर र भारतीय सीमा क्षेत्रबाट बिरामी उपचारका लागि आउने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल बारको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

  काठमाडौँ । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा पाँचजनाको

रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

त्रिपिटक वाचन चलिरहेको बेला लुम्बिनीमा शनिबार राति चार हजार दीप प्रज्वलन गरिने

लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने भएको छ। पाँच

एउटा चक्काविनै काठमाडौं आइपुग्यो जनकपुरबाट बुद्ध एयरको जहाज

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का खसेको छ ।