काठमाडौं । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार चिनियाँ नागरिक र एकजना चालक दलका सदस्य छन् ।
बुधबार दिउँसो काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना भएको हो । हेलिकप्टरमा चिनियाँ नागरिक जुदाड टाङ, जी लि , यियाद वु र जेमिङ सी रहेका थिए । उनीहरु सबैको शव फेला परेको छ ।




प्रतिक्रिया