यो अचम्म हुनेछैन यो क्रम रहिरह्यो भने मान्छे तपाईंहरुका दरबारमा पनि छिर्नेछन्



डा. युवराज संग्रौला ।
बाङ्लादेशको राजनीति परिदृश्य स्वाभाविक होइन । यसका दुई पाटा छन् । शेख हसिनाको सरकार डुबेको थियो, भ्रष्टाचारमा । आर्थिक विकास राम्रो भयो, तर त्यसले अकल्पनीय ‘आम्दानी आसमानता’ जन्मायो । गजबको कुरा त ‘यो असमानताको सम्बोधन गर्ने होइन, सहिदका नाममा आरक्षणको गलत बाटो यो सरकारले लियो र जमाइते स्लाम जस्तो घोर दक्षिण पन्थी शक्तिले खेल्ने मौका पायो । एकवर्ष अगाडि म बाङ्लादेश ‘चिटगंङ्ग इन्डिपेन्डेन्ट युनिभर्सिटी’ हुँदा, त्यहाँका विद्यार्थीमा भुसको आगो जस्तो बढिरहेको आक्रोश र निरासा देख्न सक्थें । जतिबेला जहाँपनि बोलिन्थ्यो ‘बङ्गबन्धु।’ यो कुरा शेख हसिना सरकारको लोकतन्त्र बिरोधी चरित्र थियो, जो आजको दिन निर्माण गर्न जिम्मेवार छ । तर उनले यो बुझिनन्, उनी आफ्नो ताकत अपराजयी ठान्थिन् । चाटुकारहरुले घेरेका थिए ।

दोस्रो कारण ‘विदेशी’ को दादागिरीमाथि शेख हसिनाले सम्झौताहीन लडाइँ लडेकै हो । विदेशी एनजिओ माथिको शक्ति र विदेशी गतिविधि माथिको नियन्त्रण उनको सही निर्णय थियो । तर पछिल्लो पटक उनी जनताको समर्थन लिन असफल रहिन् । उनलाई समर्थन र सहयोग गर्ने विज्ञहरुलाई चाटुकार पदखोरले हटाए, परिणाम उनी जे रोक्न चाहन्थिन् त्यही बलियो भयो । सैनिक र प्रहरी जनता विरोधी थिए र भ्रष्ट थिए । उनीहरुले मुख बन्द गरे, जनताको । यस्तो लाग्थ्यो, बांङ्लादेश सैनिक शासन अन्तर्गत छ । मेरो एकजना ‘बिएनपी’ समर्थक साथी थियो । मैले उनलाई भेटें । मेरो आवामी लिगको साथलीले मन पराएन । बिएनपीलाई समाप्त पार्ने काम हसिनाले गरिन् र भारतको यसमा समर्थन रह्यो । यस बीचबाट जन्मियो कट्टरपन्थी ‘जमाइते इस्लाम।’

१. भारतले साना छिमेकी साना देशलाई नागरिकतन्त्र र स्वतन्त्र विदेश नीति विकास गर्न मद्दत गर्नुपर्छ । यो आन्दोलन बाहिर हसिना विरुद्ध र भित्र भारतको हसिनालाई निरंकुश हुन सहयोग गर्ने नीतिकाविरुद्ध पनि छ, जसको फाइदा पश्चिमी शक्तिहरुले लिए । भारतले आफू बलियो हुन आफना साना छिमेकीलाई स्वतन्त्र शासन गर्न सहयोग गर्नुपर्छ । बांङ्लादेशको जनजाति समूहलाई क्रिश्चियन बनाउन पश्चिमीहरु लागेका छन्, र वे अफ बंगालमा विदेशी सैनिक अखडा बनाउन अब उनीहरुलाई सजिलो हुनेछ ।

२. नेपालका राजनीति दलहरूले आँखा खोल्ने बेला आयो । राजनीतिक गिमिक बन्द गर्नुहोस् । विज्ञहरुलाई देशका लागि काम गर्ने अवसर प्रदान गर्नुहोस् । तपाईंहरुसँग जनता निरास छन् । शेख हसिना विगत ५/७ वर्षदेखि चाटुकारहरुबाट घेरिएकी थिइन् । शुरु शुरुका दिनमा उनले त्यस्ता मानिस रोजिन्, जो अब्बल बौद्धिक थिए। तर बिस्तारै चाटुकारहरुले घेरे। तपाईंहरुका वरिपरि यस्तै मानिस छन् । यिनीहरु मुस्किलका दिन पहिलानै भागिसकेका हुन्छन् । तपाईंहरुका मानिसलाई राजनीतिका नाममा दुष्ट खेल थाहा छ । राज्य खेलले चल्दैन ।

४. यो अचम्म हुनेछैन यो क्रम रहिरह्यो भने मान्छे तपाईंहरुका दरवारमा पनि छिर्नेछन् ।

५. तत्काल भ्रष्टाचारिहरुमाथि कार्बाही गर्ने काम थाल्नुहोस् । गर्न सक्नेलाई काम दिनुहोस्, तपाईंको दलको होस् वा नहोस् । शिक्षाको नयाँ मोडेल शुरु गर्नुहोस् र गर्न सक्नेलाई जिम्मा दिनुहोस् । केही व्यापारीका कब्जामा परेको अर्थतन्त्रलाई जोगाएर गरीबलाई गरिखाने बाटो दिनुहोस् । जनता औषधि नपाएर मरिरहेका छन् । गरीबलाई बाँच्न दिनुहोस् । नेपाली किसान मरिरहेका छन् । उनीहरुको उत्पादनको दाम पनि छैन बजार पनि छैन । शासन गर्नेहरु बिचौलियालाई अनुदान दिएरहेका छन् । खोज्नुहोस् पाउनुहुनेछ उदाहरणहरु ।

६. आयात बढाएर भान्सार लिने, यसरी बस्तुको मुल्य मंहङ्गो पार्ने, अनि त्यही बस्तु महंगोमा बेचेर गरीबसँग कर लिने ! जनतालाइ करको भारी बोकाएर मार्ने ! कस्तो छ शासन ? यही हो समाजवादउन्मुख व्यवस्था ? तपाईंहरुका वरिपरि गतिला मान्छे छैनन् । देशको तलको ४०% मानिससँग् ३/४ % मात्र धन छ । तर मथिल्लो १० प्रतिशतसँग ६०% भन्दा ज्यादा धन छ । यही १० प्रतिशतले राज्यमा मोज गरिरहेको छ । यही १० प्रतिशतले काठमाडौंमा गरीबलाई सहेन । यो असमानता किन देख्नु हुन्न ? अनि जनता आजित भएर मदारीहरुको पछाडि कुदिरहेका छन् ।

७. नेपाली जनताले रगत पसिनाले कमाएको थोरै आम्दानी शिक्षा र स्वास्थमा सकिन्छ । तर राज्य विद्यार्थी फेल हुँदा खुसी मान्छ, किन ? शिक्षा र स्वास्थलाई राज्यको दायित्व बनाउ र खर्च तपाईंहरुले काम बिना लिएको पैसाबाट मिलाउ ।
हामी तातो हावाको आक्रमणको चुनौतीमा छौं । इरान र इजरायलको द्वन्द्वले लाखौं मानिस संकटमा पर्न सक्छन् । भारतमा हुने कृषि नीतिको फेरबदलले हामी खाद्यान्नको संकटमा पर्न सक्छौं । तर संकटको समाधान गर्ने मानिसको अभाव छ । बौद्धिकहरु निराश छन् । कता जान्छ देश ? बाङ्लादेशको प्रभाव पर्ने नै छ । त्यो भन्दा पहिला शासन व्यवस्थालाई नागरिकतन्त्रीय बनाउने कुरा सोच्नुहोस् ताकी चाकरी गर्ने कर्मचारी र चाटुकार सल्लाहकारले ‘मानिसलाई तपाईंहरुका कोठामा आमन्त्रण नगरुन् ।’ तपाईंहरुको अवस्था बलियो छैन । सुराज्य निर्माणको बाटो कोर्न सक्षमलाई बाटो खोल्नुहोस् । सधैं प्रतीक्षा हुन सक्तैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसदीय छानबिन समितिमा रवि लामिछानेको बयान(पूर्णपाठ)

काठमाडौं । सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ ।

बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने निर्देशिका खारेज

काठमाडौं । सरकारलले बेरुजु फछ्र्यौट गर्न बेरुजु फछ्र्यौट समिति गठन गर्ने र समितिको

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टद्वारा पदबाट राजीनामा

काठमाडौं । नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

पढ्नुस् ११ सय २४ पृष्ठ लामो सहकारीसम्बन्धी छानबिन समितिको प्रतिवेदन(पूर्णपाठसहित)

काठमाडौं । सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । भदौ