बंगलादेशमा सरकारविरोधी आन्दोलन थप उग्र बन्दैः नेपालीलाई सुरक्षित रहन र नेपाल फर्किन चाहनेलाई दूतावासमा सम्पर्क गर्न आग्रह



काठमाडौं । बंगलादेशमा सरकार विरुद्धको आन्दोलन चर्किएपछि ढाकास्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपालीलाई आफू बसेको स्थानमा सुरक्षित रहन आग्रह गरेको छ ।

सोमबार सूचना गरी गरी दूतावासले बंगलादेशमा अनिश्चितकालीन कर्फ्यु आदेश भएकाले सुरक्षित रहन आग्रह गरेको हो । दूतावासले भनेको छ, ‘बङ्गलादेशमा जारी कोटा विरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक प्रदर्शनहरु भइरहेको र बङ्गलादेश सरकारबाट हाल अनिश्चितकालीन कर्फ्यु आदेश समेत जारी भएको सन्दर्भमा बङ्गलादेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध छ। बङ्गलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थीहरु नेपाल फर्किसकेको र हाल बाँकी रहेका करिब ४०० विद्यार्थीहरुसहित सम्पूर्ण नेपालीहरु सुरक्षित रहनुभएको र वहाँहरुसँग यस राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ।’

साथै दूतावासले नेपाल फर्किन चाहने विद्यार्थीहरु तथा सम्पूर्ण नेपालीहरुले दूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भईसकेपछि मात्र यात्रा गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दरबार हत्याकाण्डको ‘प्लानर’ को हो ? नेपाली जनतालाई थाहा छः प्रचण्ड

मेलम्ची । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै

सगरमाथा संवादको सचिवलयमा प्रधानमन्त्रीको निरीक्षणः तयारी चुस्त बनाउन निर्देशन

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा

मुग्लिन–पोखरा सडक स्तरोन्नतिः ७३ किलोमिटर कालोपत्र

दमौली । मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डमा हालसम्म ७३ दशमलव ११ किलोमिटर कालोपत्र

मधेसका मुख्यमन्त्री सिंहलाई यसवर्षको महामूर्खको उपाधि

धनुषा ।  यस वर्षको महामूर्ख उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने