काठमाडौंलाई डुबानबाट कसरी जोगाउने ? बाबुराम भट्टराईको विचार



डा.बाबुराम भट्टराई ।
संघीय राजधानी काठमाडौ ठूलो वर्षासँगै डुबानमा पर्नु राष्ट्रिय चासो र चिन्ताको विषय हो । यो तीव्र जनसंख्या वृद्धि, अव्यवस्थित शहरीकरण र सम्पूर्ण उपत्यका कंक्रिट जंगलमा परिणत हुँदै जानुको दुष्परिणाम हो । यही प्रवृत्ति कायम रहे कुनैबेला समग्र हिमाली सभ्यताको केन्द्र रहेको काठमाडौं उपत्यका केही दशकभित्र गम्भीर प्रकृतिक र मानवीय संकटमा पर्न सक्छ । शहरी तथा क्षेत्रीय विकास योजनको विद्यार्थीको नाताले यसको गम्भीरतालाई बुझेर आफ्नो प्रधानमन्त्रीत्वकालमा मैले छुट्टै शहरी विकास मन्त्रालयको गठन, काठमाडौं उपत्यका विकास प्राधिकरणको गठन, काठमाडौं–मधेस जोड्ने फाष्ट ट्रयाक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई पहिलो प्राथमिकताको राष्ट्रिय गौरवको योजना घोषणा लगायतका दूरदृष्टियुक्त पहल गरेको हुँ ।

देश अब संघीयतामा गइसकेको अवस्थामा भविष्यमुखी भएर यसो गरौंः

– छुट्टै ऐन बनाएर सबै पालिकाहरूको प्रतिनिधित्व हुने गरी अधिकारसम्पन्न काठमाडौं उपत्यका एकीकृत विकास प्राधिकरण गठन गरौं र वृहद गुरूयोजना बमोजिम मात्र विकासनिर्माण सम्पन्न गरौं ।

– फाष्टट्रयाक र निजगढ विमानस्थल छिटो निर्माण गरेर काठमाडौंको जनसांख्यिक चाप न्यूनीकरण र विविधिकरण गरौं ।

– संघीय राजधानी र औद्योगिक क्षेत्रहरू काठमाडौं उपत्यकाबाहिर स्थानान्तरण गरौं ।

उपत्यका बाहिर छेउछाउमा योजनावद्ध स्याटालाइट सिटीहरूको निर्माण गरौं । काठमाडौं उपत्यकालाई सांस्कृतिक, पर्यटकीय, शैक्षिक र सेवामुखी गतिविधि र नयाँ हिमाली सभ्यताको केन्द्र बनाउँ ।

– अहिलेको अपूर्ण संघीय संरचनालाई पूर्णता दिएर र प्रदेश तथा स्थानीय तहहरूलाई बढी अधिकार सम्पन्न बनाएर सम्पूर्ण देशको एकीकृत र दिगो विकास गरौं।

भोलि धेरै ढिलो हुनसक्छ ! अब आँखा खोलौं !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अनधिकृत संरचना भत्काउन ललितपुर महानगरले लगनखेलमा चलायो डोजर

पाटन । ललितपुर महानगरपालिकाले ऐतिहासिक सम्पदा न्हु पोखरी संरक्षण गर्न पोखरी अगाडिका घरटहरा

पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी

गण्डकी । पर्यटन राजधानी पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस–२०२५ (नेपाल–इण्डिया चाइना–प्रदर्शनी)

पशुपतिमा महाशिवरात्रिको तयारी पूरा, पर्यटनमन्त्री पाण्डेको नेतृत्वमा प्रभातफेरी(फोटोफिचर)

काठमाडौँ । महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद