सिरहा । शास्त्रीय संगीतकार एवं गायक गुरुदेव कामतको निधन भएको छ । उनको बिहीबार बिहान आफ्नै जन्मथलो सिरहाको लक्षम्पुर पतारी गाउँपालिका–२ पोखरभिण्डामा निधन भएको हो ।
६९ वर्षका उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । काठमाडौं बस्दै आएका उनी आर्थिक समस्याका कारण त्यहाँ उपचार गराउन नसकेपछि एक महिनाअघि मात्र गाउँ फर्किएका थिए ।
कामत पछिल्ला ४० वर्षदेखि निरन्तर काठमाडौंमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका थिए ।

प्रतिक्रिया