राष्ट्रपतिले तोके सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको कामु प्रधानसेनापतिको जिम्मेवारी अशोकराज सिग्देललाई तोकेका छन् ।

राष्ट्रपति कार्यालयले प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे पदावधि आउँदो भदौ २४ गते समाप्त भई अनिवार्य अवकाश पाउने र साउनको २५ गतेदेखि घर बिदामा बस्ने भएकाले ज्येष्ठताक्रममा रहेका बलाधिकृत रथी अशोकराज सिग्देललाई कामु प्रधानसेनापति तोकिएको जनाएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले साउन २५ गतेदेखि लागू हुने गरी सिग्देललाई नेपाली सेनाको कायममुकायम प्रधानसेनापति तोक्न सिफारिस गरेको थियो । प्रधानसेनापति अवकाश हुनु एक महिनापहिले बिदामा बस्ने र बलाधिकृत रथीलाई कामु प्रधानसेनापतिको जिम्मेवारी तोक्ने प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब लाग्ने

म्याग्दी । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–ताकम–शिवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि एक

४८ दशमलव पाँच मेगावाटको माथिल्लो राहुघाट जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा

म्याग्दी । म्याग्दी  जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव

सुर्खेत र जुम्ला विमानस्थल विस्तार गर्न ११ अर्ब लाग्ने

काँक्रेविहार । कर्णाली र लुम्बिनी प्रदेशका तीन विमानस्थल विस्तार गर्न स्रोत सुनिश्चितताको माग

बबरमहलपछि थापाथलीमा फुट्यो मेलम्ची खानेपानीको पाइप

काठमाडौं । बबरमहल क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुटेको केही समयपछि काठमाडौंको थापाथलीमा पनि