काठमाडौं । निर्वाचन आयुक्तका लागि प्रस्तावित कृष्णमान प्रधानको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएको छ । सोमबार साँझ बसेको समितिको बैठकले प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो ।
यसअघि प्रधानले आजै आफूमाथि लागेका आरोपका कारण सिफारिस भएको पदमा रहने इच्छा नरहेको भन्दै समितिमा निवेदन दिएका थिए ।
उनलाई असार दुईमा संवैधानिक परिषद्को बैठकले निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइका क्रममा एक महिलाले प्रधानले आफूलाई यौन शोषण गरेको उजुरी दिएकी थिइन् ।
पीडितले उजुरी दिएपछि प्रधान विवादित भएका थिए । समितिबाट आफ्नो नाम अस्वीकृत हुने भएपछि उनले फिर्ताको निवेदन दर्ता गरेका थिए ।


प्रतिक्रिया