पोखरामा स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो, तीनको अवस्था गम्भीर
पोखरा । पोखराको कृस्तीमा भएको स्कुल बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी आरती विक र उनका ५ वर्षीय छोरा प्रिन्स विक रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी वसन्त शर्माले जानकारी दिए ।
दुर्घटनामा परी २८ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहको छ । सोमबार बिहान पोखरा–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल बोडिङ स्कुलको बस दुर्घटनामा परेको थियो ।
घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज, पश्चिमाञ्च क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । बस ओराले तर्फ आउँदा सडकबाट पहिले विजुलीको पोलमा ठोकिएर करिब ४० मिटर तल सडकमा खसेको थियो ।