वीरगञ्ज महानगरले तीन उद्योगको मुख्यद्वारमा फोहर थुपारिदियो



वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने तीन उद्योगलाई कारबाहीस्वरुप ती उद्योगको मुख्यद्वारमा फोहरमैला थुपारिदिएको छ ।

नगर प्रहरीसहित सरसफाइको टोलीले ट्रयाक्टरमा फोहरमैला राखेर परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स र मोरियम लेदर इण्डस्ट्रिज प्रालीको मुख्यद्वार प्राङ्गणमा फोहोर थुपारिदिएको हो ।

वीरगञ्ज महानगरका नगरप्रहरी प्रमुख हरि भुसालले ती उद्योगको परिसरमा प्रतिकात्मक कारबाहीस्वरुप आइतबार फोहरमैला खसाली दिएको बताए ।

‘उद्योगबाट निस्कने फोहरमैला सिर्सिया नदीमा नमिसाउन बारम्बार अनुरोध गरेका थियौँ । तर उहाँहरूले मान्नुभएन, त्यसैले निर्देशनानुसार फोहरमैला थुपारिदिएको हो’, उनले भने ।

महानगरले यसअघि सिर्सिया नदीमा फोहरमैला नफ्याँक्न बारम्बार अनुरोध गर्दै आइरहे पनि उद्योगी व्यवसायीले आलटाल गर्दै आएका थिए ।

महानगरले गत वैशाख ९ गते नदीमा फोहरमैला गर्ने उद्योगलाई १५ दिनभित्रै फोहरमैला व्यवस्थित नगरे कारबाही गर्ने चेतावनी समेत दिएको थियो । तर उद्योगले फोहरमैला व्यवस्थित गर्न आलटाल गर्दै आएका थिए ।

नगर प्रहरी प्रमुख भुसालले आज पनि नदी फोहरमैला गर्ने उद्योगमा फोहर फ्याँक्ने कार्यक्रम रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जिल्ला प्रहरी परिसर काठमाडौंको गेटबाट अभद्र व्यवहारको कसुरका थुनुवा थुनुवा फरार

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंबाट एक थुनुवा फरार भएका छन् । प्रहरी

उर्जामन्त्रीको गुनासोः विदेशबाट फोन आउँछ, म फोन उठाउँछु, अनि हामी कहाँ बत्ती गयो भन्छन्

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले श्वेतपत्रमार्फत प्राधिकरणको अहिलेको वास्तविक अवस्था

रविको मुद्दामा सुनुवाइ नहुने

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको

५०० रूपैयाँ र १ हजार दरका नयाँ नोट छाप्ने नवनियुक्त गभर्नर पौडेलको पहिलो निर्णय

काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले कार्यभार सम्हालेका छन् । प्रधानन्यायाधीशबाट शपथ