काठमाडौँमा तीन जनामा हैजा पुष्टि



काठमाडौँ । काठमाडौँमा तीन जना हैजाका बिरामी भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रशोगशालामा परीक्षण गर्दा कालीमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा अर्जुन सापकोटाले जानकारी दिए ।

बिरामीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । “तीन जनामा रोग पुष्टि भएको छ । हैजा कसरी फैलियो भन्नेबारेमा अध्ययन गर्न टोली पठाइएको छ । अन्यत्र फैलिन नदिनका लागि सचेत छौं”, डा अर्जुन सापकोटाले भने ।

यसअघि ललितपुरको एक सुधार केन्द्रमा हैजाका सात जना बिरामी भेटिएका थिए । कार्यालय प्रमुख डा सापकोटाले दूषित पानीका कारण हैजा फैलिएको हुनसक्ने बताए । केही दिनअघि टुकुचा खोला र बागमती नदीको सङ्गम स्थलमा टेकुमा पोलियोको जीवाणु देखिएको थियो ।

चिकित्सककानुसार हैजाको जीवाणु सङ्क्रमित खाना वा पानीको सेवन, सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले लाग्ने गरेको गर्दछ । सङ्क्रमितको समयमै उपचार नभएमा मृत्यु पनि हुनसक्दछ ।

हैजाका मुख्य लक्षणमा पातलो तथा चौलानी पानी जस्तो दिसा, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने हुन्छ । यस्तै कडा लक्षण देखिएमा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, तिर्खा लाग्ने, छाला सुक्खा हुने, रक्तचाप कम हुुने, पिसाब पहेँलो हुने र पिसाबको मात्रा कम हुने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल बारको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

  काठमाडौँ । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा पाँचजनाको

रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

त्रिपिटक वाचन चलिरहेको बेला लुम्बिनीमा शनिबार राति चार हजार दीप प्रज्वलन गरिने

लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने भएको छ। पाँच

एउटा चक्काविनै काठमाडौं आइपुग्यो जनकपुरबाट बुद्ध एयरको जहाज

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का खसेको छ ।