काठमाडौं । मुख्यसचिवमा लिलादेवी गड्तौला नियुक्त भएकी छिन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कामु मुख्यसचिव रहेकी गड्तौलालाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको कृषिमन्त्री रामनाथ अधिकारीले जानकारी दिएका छन् ।
तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि सबैभन्दा वरिष्ठ सचिव रहेकी गड्तौलालाई कामु मुख्यसचिव बनाइएको थियो ।
गड्तौला कर्मचारी प्रशासनको सबैभन्दा उच्चतह मुख्यसचिवमा पुग्ने पहिलो महिला बनेकी छिन् । उनी आगामी भदौमा सेवानिवृत्त हुनेछिन् ।

प्रतिक्रिया