प्रधानमन्त्रीले विमानस्थल पुगेर लिए विमान दुर्घटनाबारे जानकारी


काठमाडौं । सौर्य एयरको विमान दुर्घटनास्थल अवलोकनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमास्थित नागरिक उड्ययन प्राधिकरणको उद्दार समन्वय केन्द्रमा ब्रिफङ लिएका छन् ।

प्रधानमन्त्री ओलीले घटना ज्यादै दुःखद, हृदयविदारक र अकल्पनीय भएको बताए । उनले निधन भएकाहरूमा श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरे ।

उनले घाइते क्याप्टेनको स्वास्थ लाभको कामना गरेका छन् । यसबारे गर्नुपर्ने थप कामबारे सरकारले आवश्यक निर्णय लिने बताउदै आगामी दिनमा यस्ता घटना नहोस् भन्नेतर्फ सजग हुन सम्बन्धित निकाय र पक्षलाई निर्देशन दिए ।

घटना कसरी भयो ? मानवीय वा प्राविधिक कमजोरी भयो ? भन्ने बुझ्न उनले आग्रह गरे । ब्रिफिङमा गृहमन्त्री, पर्यटनमन्त्री, निमित्त मुख्यसचिसहितलगायत सहभागी थिए ।