शिक्षा मन्त्रालयद्वारा पूर्वमन्त्री महतोले ५ हजार घुस दिएको विषयमा छानबिन गर्न समिति गठन



काठमाडौँ । शिक्षा मन्त्रालयले पूर्वमन्त्रीले ५ हजार घुस दिएको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । मंगलबार मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता तथा उपमहानिर्देशक बसन्तप्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मन्त्रीस्तरीय निर्णय गर्दै छानबिन गर्न निर्देशन दिएपछि मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।

समितिमा उपसचिव रामप्रसाद शर्मा र शाखा अधिकृत पुष्पा वाग्ले सदस्य छन् । जनता समाजवादीका सांसद एवं पूर्वमन्त्री वीरेन्द्र महतो प्रतिनिधिसभा बैठकमै छोराले भारतीय सीबीएसई कोर्स पढेर नेपालबाट समकक्षता लिँदा पाँच हजार रुपैयाँ घुस दिनुपरेको बताएका थिए ।

उनले ५ हजार घुस दिएपछि मात्रै काम बनेको भन्दै संसदमा प्रश्न उठाएका थिए । छानबिन समितिलाई सात दिनभित्रमा प्रतिवेदन पेस गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बालेनलाई गण्डकीका स्वास्थ्यमन्त्रीको प्रश्नः चार भागको एकभाग पनि पुँजीगत खर्च गर्न नसक्नेका चर्का कुरा ?

काठमाडौं । काठमाडौं महानगरपालिकामा संघीय सरकारले लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि यो

स्ववियु निर्वाचनको प्रक्रिया सुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन

ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब लाग्ने

म्याग्दी । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–ताकम–शिवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि एक

४८ दशमलव पाँच मेगावाटको माथिल्लो राहुघाट जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा

म्याग्दी । म्याग्दी  जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव