चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त


लुम्बिनी । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता चेतनारायण आचार्य  नियुक्त भएका छन् । प्रदेशप्रमुख अमिक शेरचनले उनलाई सोमबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।  सोमबारै कांग्रेस र एमालेको समर्थनमा आचार्यले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

उनले ५६ सांसदको समर्थनसहित दाबी गरेका थिए । आचार्यले नेकपा एमालेका २९ जना र कांग्रेसका २७ जना सांसदको समर्थनसहित दाबी पेस गरेका हुन् । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनको लागि ४४ मत चाहिन्छ । नवनियुक्त मुख्यमन्त्री आचार्यको शपथग्रहण बुधबार हुने भएको छ।