चितवन । पृथ्वीराजमार्ग अन्तर्गत चितवनको फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । इच्छाकामना–३ फिस्लिङमा सोमबार बिहान पाँच बजे खसेको लेदोसहितको पहिरोले सडक अवरुद्ध बनेको हो ।
लेदोसहितको पहिरो एक्साभेटरको सहायताले पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि सयौं सवारीसाधन रोकिएका छन् ।




प्रतिक्रिया