बागमती । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् । आइतबारको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले सम्बोधन गर्दै बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा दिने घोषणा गरेका हुन् ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठक सञ्चालन भएलगत्तै मुख्यमन्त्री जम्कट्टेललाई अविश्वासको प्रस्तावको पक्षमा बोल्ने समय दिएका थिए ।
प्रदेशसभाका सभामुख पाठकले अर्को सूचना जारी नभएसम्मका लागि आजको बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया