काठमाडौं । परराष्ट्र मन्त्रालयले बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरू अहिलेसम्म सुरक्षित रहेका बताएको छ । शुक्रबार विज्ञप्ति जारी गरी मन्त्रालयले नेपाली विद्यार्थीहरू अहिलेसम्म सुरक्षित रहेका र उनीहरूको सहजताका लागि थप प्रयास भइरहेको जनाएको हो ।
मन्त्रालयले बंगलादेशमा विकसित पछिल्लो घटनाक्रममा सन्दर्भमा त्यहाँ अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत र हालसम्म सम्बन्धित विश्वविद्यालय, कलेज तथा ढाकास्थित नेपाली राजदूतावास समेतको सहयोग र समन्वयमा नेपाली विद्यार्थीहरू सुरक्षित रहेको तथा उनीहरूको थप सहजताका लागि निरन्तर प्रयत्न भइरहेको जनाएको छ ।
मन्त्रालयले तत्कालै थप सहयोगको आवश्यकता परे दूतावासमा सम्पर्क गर्न पनि आग्रह गरेको छ । बंगलादेशमा विद्यार्थीहरूले सरकारी जागिरको आरक्षणमा गरिएको विशेष व्यवस्थाविरूद्ध आन्दोलन गरिरहेका छन् । आन्दोलन हिंसात्मक बन्दै गएको छ । अहिलेसम्म कम्तिमा २५ जनाको मृत्यु भइसकेको छ भने सयौं घााइते भएका छन् ।


प्रतिक्रिया