महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा बडाल २०७७ चैतदेखि २०७८ असारसम्म बडाल महान्यायाधिवक्ता थिए ।