प्रधानमन्त्री नियुक्त भएकोमा ओलीलाई मोदीको बधाई


काठमाडौं । प्रधानमन्त्री नियुक्त भएकोमा केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई शुभकामना दिएका हुन् ।

उनले दुई देशबीचको मित्रतालाई थप बलियो बनाउन नजिकबाट काम गर्न आफू तयार रहेको बताएका छन्। दुई मुलुकका जनताको प्रगति र समृद्धिका लागि दुवै पक्षलाई लाभ हुनेगरी काम गर्नुपर्नेमा उनको जोड छ। प्रधानमन्त्री मोदीले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुनेमा विश्वास व्यक्त गरेका छन् ।