बाढी पहिरोमा परी सुदूरपश्चिममा पाँचजनाको मृत्यु, दुई बेपत्ता



 

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा तीन दिनदेखिको वर्षासँगै बाढी, डुबान र पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।

नजिकैको खोलामा डुबेर बेपत्ता भएकी कञ्चनपुरको पुनर्वास नगरपालिका—५ का १५ वर्षीया लक्ष्मी बोगटी, १७ वर्षीया आरती बोगटी र १७ वर्षीया सिर्जना बोगटीको शव आज फेला पारिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिका—१ मोतीबस्तीकी सङ्गीता धानुकका सातमहिने छोरा सोलुको कोठामा पसेको बाढीमा डुबेर मृत्यु भएको छ । कैलालीको कैलारी गाउँपालिका—९ गदरिया गाउँको भुर्रा नदीमा डुबेर बेपत्ता भएका सोही ठाउँका १८ वर्षीय अजय रानाको प्रहरीले खोजी गरिरहेको छ ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका—३ का २३ वर्षीय डम्मर चौधरी नजिकै रहेको चौदर नदीमा डुबेर बेपत्ता भएका छन् । डडेलधुरा पर्शुराम नगरपालिका—३ का ५६ वर्षीय नवराज पनेरुको शनिबार पहिरोसँगै खसेको ढुङ्गा लागेर मृत्यु भएको थियो ।

प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले वर्षासँगैको बाढी र डुबानले कञ्चनपुरको भीमदत्त नगरपालिका, दोधाराचाँदनी, बेलडाँडी, कैलालीको भजनी र जोशीपुर क्षेत्र बढी प्रभावित भएको जानकारी दिए ।

डुबानमा फसेकालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेको छ । दुवै जिल्लामा डुबानबाट छ सय ४० परिवार प्रभावित भएका छन् । प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

कैलालीको गोदावरी, बैतडीको पञ्चेश्वर र दशरथचन्द नगरपालिकामा गरी तीन परिवारको घर भत्किएर क्षति पुगेको छ । विभिन्न सडक खण्डमा गएको पहिराका कारण यातायात आवागमन अवरुद्ध भएको छ । अवरुद्ध सडकको पहिरो पन्छाई सञ्चालन गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

कञ्चनपुर, महाकाली नदीपारिको दोधारा चाँदनीमा आइतबारदेखि आज बिहानसम्मको २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा मापन भएको थियो ।  अविरल वर्षासँगै महाकाली, कर्णाली, ठूलीगाड, मोहना, खुटिया, कान्द्रा, घुरुवा, कटैनी, श्याली, दोदा, चौदरलगायत नदी र खोलामा बढेको पानीको बहाव वर्षा रोकिएपछि आज दिउँसोबाट घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाँच लाख ७० हजार घुससहित इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौँ । सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुंगामा कार्यरत इन्जिनियर सन्तोषकुमार

नेपालका हिमाल र पहाडका वातावरणीय महत्वबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजनाः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका वातावरणीय महत्वबारे विश्वको

यस्ता छन् मन्त्रिपरिषद बैठकका ३० निर्णय

काठमाडौँ । सरकारले दमक भ्यू–टावरलाई शुल्क लिई सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको

आठ वर्षदेखि सरकारी तथा गैरसरकारी कार्यालयका कीर्ते गरी नक्कली कागजात बनाउँदै आएको गिरोह पक्राउ

काठमाडौँ । सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्रलगायत कागजात