सुदूरपश्चिम प्रदेश सरकारबाट एमाले फिर्ता, मन्त्रीले दिए राजीनामा



सुदूरपश्चिम । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिइएको छ । नेकपा एमाले, सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन बिहीबार फिर्ता लिएको हो ।

नेकपा एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थत फिर्ता लिएको बताए। उनले मुख्यमन्त्रीको सचिवालय र मुख्यमन्त्री तथा मन्त्रिपारिषदको कार्यालयमा समर्थत फिर्ता लिएको पत्र दर्ता गरेको बताए ।

समर्थन फिर्ता लिएसँगै नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकार सहभागी तीन जना मन्त्रीले पनि राजीनामा दिएका छन्।

एमालेबाट आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पाल, वन, वातावरण तथा सहकारी मन्त्रालय वीरबहादुर थापा र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा साकीले राजीनाको पत्र पठाएका हुन् । एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री सोडारी अल्पमतमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जलसतह बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

सुनसरी । पूर्वी पहाडी भेगमा निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेको छ

बागलुङको पञ्चकोट प्रहरी चौकीमा पहिरोले क्षति

ढोरपाटन (बागलुङ) । पहिरोले बागलुङ नगरपालिका–६ मा पञ्चकोट प्रहरी चौकीमा क्षति पुगेको छ

बाढीपहिरोले बेहाल(फोटोफिचर)

काठमाडौं । तीन दिनदेखिको अविरल वर्षाका कारण अहिले देशभरको जनजीवन प्रभावित भएको छ

राप्ती नदीको बाढीले बगाएर बेपत्ता भएका दुईजनाको शव फेला

देउखुरी । राप्ती नदीमा बगेर बेपत्ता भएका दुईजनाको शव फेला परेको छ ।