सहकारी ठगी छानबिन गर्न गठित संसदीय समितिले प्रहरी प्रमुख र गृहसचिवसँग छलफल गर्ने



काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले प्रहरी प्रमुखसँग छलफल गर्ने भएको छ ।

बिहीबार बसेको समितिको बैठकले शुक्रबारको बैठकमा प्रहरी प्रमुख, गृहसचिव, सीआईबी प्रमुख, अपराध अनुसन्धान विभाग प्रमुखलाई छलफलका लागि बोलाएको समितिका संयोजक सूर्य थापाले जानकारी दिए ।

उनले भने, ‘आजको बैठकमा नियमनको स्थिति र प्रभावकारी निकायको आवश्यकता लगायतका विषयमा गम्भीर छलफल भएको छ । साथै, समितिले माग गरेका कागजातहरू छिटो उपलब्ध हुनेगरी संयोजन गर्न सहकारी विभागको नेतृत्वलाई ध्यानाकर्षण गरिएको छ । भोलिको बैठकमा सीआईबी प्रमुख, अपराध अनुसन्धान विभाग प्रमुख, नेपाल प्रहरीको नेतृत्व र गृह मन्त्रालयको प्रशासनिक नेतृत्वसँग जानकारी लिने कार्यसूची रहेको छ।’

समितिले बिहीबार महालेखापरीक्षक तोयम राय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमलप्रसाद भट्टराई, र सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेलगायतसँग छलफलसँग गरेको छ ।

गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा मुछिएपछि गत जेठ १५ गते छानबिनका लागि संसदीय समिति गठन गरिएको हो । कांग्रेसले लामो समयसम्म सदन अवरुद्ध गरेपछि समिति गठन गर्न सत्तापक्ष बाध्य भएको थियो । सात सदस्यीय समितिलाई छानबिनका लागि तीन महिनाको समय दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा आज रातिदेखि आइतबारसम्म अति भारी वर्षा

वर्षाले देशका ४५ क्षेत्रका सडक अवरुद्ध, आठजनाको मृत्यु, ६ बेपत्ता

काठमाडौँ । भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा

काभ्रेमा खोलाले बगाउँदा दुईजनाको मृत्यु

काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ । शनिबार

ओलीलाई बालेनको प्रश्नः सुकुम्बासीलाई अझै अर्को ३० वर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सुकुम्बासीका नाममा भोटको राजनीति नगर्न एमाले