जङ्गली बिषालु च्याउ खादाँ मकवानपुरमा एकै परिवारका सातजना बिरामी



 

बागमती ।  जङ्गली विषालु च्याउ खाँदा मकवानपुरको भिमफेदी गाउँपालिकामा एकै परिवारका सातजना बिरामी परेका छन् ।

जङ्गलबाट ल्याएको च्याउ खाँदा भिमफेदी–६ उर्लाघारी निवासी ६५ वर्षीया मङ्गली स्याङतान, उहाँका ३२ वर्षीय छोरा बुद्धिबहादुर स्याङतान, बुहारी ३० वर्षीया पासाङमाया स्याङतान, नाति सात वर्षीय लासाङ स्याङतान, बुद्ध स्याङतानकी छोरी १९ वर्षीया लक्ष्मीमाया स्याङतान, १५ वर्षीया पार्वती स्याङतान र सात वर्षीया छोरी आरती स्याङतान सिकिस्त बिरामी परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन् ।

प्रनाउ भण्डारीका अनुसार विषालु च्याउ खाएर बिरामी परेको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उद्धार गरी पाँच जनालाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाएको छ । बिरामीमध्ये मङ्गली र लक्ष्मीमायाको हेटौँडास्थित अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि यही असारको पहिलो साता जङ्गली विषालु च्याउ खाँदा जिल्लाका विभिन्न ठाउँमा तीनजनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा आज रातिदेखि आइतबारसम्म अति भारी वर्षा

वर्षाले देशका ४५ क्षेत्रका सडक अवरुद्ध, आठजनाको मृत्यु, ६ बेपत्ता

काठमाडौँ । भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा

काभ्रेमा खोलाले बगाउँदा दुईजनाको मृत्यु

काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ । शनिबार

जब नारायणीको बाढी बोटे टोलमा पस्यो …(फोटोफिचर)

नवलपुर । नारायणी नदीको बाढी बस्तीमा पसेको छ । अविरल वर्षापछि आएको बाढी