काठमाडौँबाट दिल्ली जान लागेका दुई अमेरिकी विदेशी मुद्रासहित विमानस्थलबाट पक्राउ



 

काठमाडौँ ।  अवैध रूपमा विदेशी मुद्रा बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना अमेरिकी नागरिक पक्राउ परेका छन् ।

इन्डिगो एयरको उडानबाट काठमाडौँबाट दिल्ली जान लागेका भारतीयमूलका ७० वर्षीय अमेरिकी नागरिक जयन्तीभाइ गोर्धनभाइ लिम्बाचिया र उनकी ६३ वर्षीया श्रीमती प्रतिमावेन जयन्तीभाइ लिम्बाचियालाई पक्राउ गरिएको हो ।

अभियुक्तहरूको साथबाट १९ हजार ५९ अमेरिकी डलर, आठ हजार नौ सय ६६ चिनियाँ युआन र ६० हजार दुई सय बरामद गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । उनीहरूलाई राजस्व अनुसन्धान विभाग चलान गरिएको छ ।

यसैबीच कीर्तिपुर नगरपालिका–६ जाल्पादेवी मन्दिर क्षेत्रबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने ३४ ग्राम ४० मिलिग्राम पदार्थसहित दुई जनालाई पक्राउ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भोटेकोशी जलविद्युत आयोजनाको ढलानमा पुरिएका दुई मजदुरको शव फेला

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन भोटेकोशी–१ जलविद्युत् आयोजनाको ढलान खसेर

अबिरल वर्षासँगै देशका विभिन्न राजमार्ग अवरुद्ध, तराईमा डुबान

काठमाडौँ ।  अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका

पुनःनिर्माण सम्पन्न भए पनि काष्ठमण्डप अवलोकनका लागि अझै खुलेन

काठमाडौँ । पुनःनिर्माण सम्पन्न भइसक्दा पनि ऐतिहासिक सम्पदा ‘काष्ठमण्डप’ अवलोकन गर्न सर्वसाधारणका लागि

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ढोरपाटन (बागलुङ) । अविरल वर्षाका कारण कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ । दुई