स्मार्ट लाइसेन्स वितरणमा भएको समस्यालाई चाँडो समाधान गर्न सांसद पौडेलको माग



काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले स्मार्ट लाइसेन्स वितरणमा भएको समस्यालाई चाँडो समाधान गर्न माग गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा पौडेलले स्मार्ट लाइसेन्स दिने भनेर काम सुरु गरेको एक दशक बढी भइसक्दा पनि समयमा वितरण नहुने समस्या रहेको भन्दै तत्काल समाधान गर्न माग गरेका हुन् ।

उनले भने, ‘स्मार्ट लाइसेन्स दिने भनेर काम सुरु गरेको एक दशक बढी भइसक्यो । अब छिटो छरितो हुन्छ भनिएको थियो तर उल्टो भयो । ट्रायल पास गरेको वर्ष दिनसम्म लाइसेन्स आउँदैन । आएकाको पनि फोटो प्रस्ट नभएको र ट्राफिक जाँचमा अप्ठ्यारो परेको गुनासो सुनिन्छ ।’

उनले स्मार्ट लाइसेन्सको ठाउँमा भौचरले काम चलाउनुपर्ने बाध्यता रहेको भन्दै त्यसले झनै लाइसेन्सको दुरुपयोग बढेको बताए ।

उनले भने, ‘स्मार्ट लाइसेन्सको ठाउँमा भौचरले काम चलाउनुपर्ने बाध्यता छ । त्यसैले यसमा बढी दुरुपयोग पनि हुन्छ । पुरानो भएपछि अक्षर पनि स्पष्ट हुँदैन । जनशक्ति थपेर छिटो छपाई गर्न आग्रह गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुपन्देहीमा आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै

भैरहवा ।  नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह निर्माण प्रक्रिया

हेटौँडामा नमूना सडक बनाइँदै

हेटौंडा । हेटौँडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका दुई सडकलाई नमूना सडक बनाउने भएको छ

भुक्तानी रोकिँदा नारायणी तटबन्ध निर्माणमा समस्या

चितवन । नारायणी नदीमा गरिएको तटबन्धको कामको  एक अर्ब तीन करोड भुक्तानी हुन

म्याग्दी नदीको कटान रोक्न मङ्गलाघाटमा पर्खाल निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा म्याग्दी नदीको कटान र बाढी नियन्त्रणका लागि  १२