लालीगुराँस सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी पक्राउ



काठमाडौं । प्रहरीले ललितपुरको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेन्द्र भण्डारीलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भण्डारीलाई शुक्रबार राति पक्राउ गरेको हो । भण्डारीलाई शुक्रबार राति पक्राउ गरिएको कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिए । भण्डारीलाई आइतवार अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।

यो सहकारीले वचतकर्ताको ६ अर्ब रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । बचतकर्ताको अर्बौं रकम फिर्ता दिन नसक्दा यो सहकारीलाई सरकारले गत फागुनमा समस्याग्रस्त घोषणा गरिसकेको छ । यो सहकारीमा २० हजारभन्दा बढी बचतकर्ता रहेका बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रामबहादुर बम्जनलाई १० वर्ष कैदको फैसला

सर्लाही । बाल यौन दुव्र्यवहार दोषी ठहर भएका आफूलाई तपस्बी बताउने रामबहादुर बम्जनलाई

विद्युतीय सामग्री र ‘ब्रेक सु’मा लुकाएर ३२ अर्बको सुन तस्करी भएको खुलासा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले विद्युतीय सामग्री र ‘ब्रेक सु’मा

म्याग्दीका किसान टिम्मुरखेतीतर्फ आकर्षित

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–३ मुसुङका लालबहादुर घर्ती यतिखेर खेतमा रोपाइँ गर्दै छन्

अन्य मुलुकको तुलनामा हाम्रो सार्वजनिक ऋण सुविधाजनक अवस्थामा छ, पासोमा पर्दैनौंः अर्थमन्त्री पुन

  काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले अन्य देशको तुलनामा नेपालको सार्वजनिक ऋणको अवस्था