पहिरोले मध्यपहाडी राजमार्ग र कालीगण्डकी करिडोर अबरुद्ध



गलकोट (बागलुङ) । गएराति भीषण वर्षासँगै खसेको पहिरोले दुईवटा राष्ट्रिय राजमार्ग अबरुद्ध भएका छन् । मध्यपहाडी पुष्पलाल राजमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्ड अबरुद्ध भएका हुन् ।

कालीगण्डकी करिडोरअन्र्तगतको बागलुङ नगरपालिका–१० दब्ल्याङमा बाटो अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए ।

मध्यपहाडी राजमार्गअन्र्तगत बागलुङका विभिन्न स्थानमा पहिरो खस्दा बाटो अबरुद्ध भएको छ । मध्यपहाडी राजमार्गको काठेखोला गाउँपालिका–६ इनारपानी, गलकोट नगरपालिका–३ बतासे डाँडा, गलकोट नगरपालिका–९ गल्याङ र बडिगाड गाउँपालिका–२ हाँडीखोलामा पहिरोले पूर्ण रूपले सडक अबरुद्ध भएको छ ।

पहिरोका कारण बागलुङ– कुश्मीशेरा सडकको दव्ल्याङ खण्ड पनि अबरुद्ध भएको छ । बाटो खोल्ने प्रयास जारी रहेको सूचना अधिकारी यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्युतीय सामग्री र ‘ब्रेक सु’मा लुकाएर ३२ अर्बको सुन तस्करी भएको खुलासा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले विद्युतीय सामग्री र ‘ब्रेक सु’मा

नेपाली कांग्रेसका नेता जीतेन्द्रनारायण देव एमाले प्रवेश

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद जीतेन्द्रनारायण देव नेकपा एमाले प्रवेश गरेका

खुट्टाले लेखेर एसइई उत्तीर्ण

जानकी (बाँके) । खुट्टाले लेखेर एसईई दिएका बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुवाका उमेश खत्रीले

सुनको मूर्ति भन्दै नक्कली सामान देखाएर ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ

काठमाडौं । सुनको मूर्ति भन्दै नक्कली सामान देखाएर ३० लाख रुपैयाँ ठगी गरेको