पहिरोले घर पुरिँदा गुल्मीमा एकै परिवारका पाँच जनाको मृत्यु



गुल्मी । गुल्मीमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको छ । गएरातिको अबिरल वर्षापछि मालिका गाउँपालिका–६ अर्जे, ठाँटीस्थित भेषबहादुर विकको घर पहिरोले पुरिँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी राजन भुजेलले जानकारी दिए ।

पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, २६ वर्षीया बुहारी सीता विक, नातिनीहरू ७ वर्षकी सपना विक र ८ महिनाकी विपना विकको मृत्यु भएको छ । इस्मा प्रहरीचौकीबाट उद्धारका लागि प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रविलाई महामन्त्री ढकालको सुझावः रिजल्ट चाहियो, र अनुरोध छ, अबका दिनमा काम गरेपछिमात्रै बोल्नुहोला(पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र महामन्त्री डा.मुकुल ढकालबीचको विवाद

रुपन्देहीमा आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै

भैरहवा ।  नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह निर्माण प्रक्रिया

कांग्रेसले प्रधानन्त्रीलाई भन्यो-राजीनामा दिएर सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा दिएर नयाँ सरकार गठनका लागि

हेटौँडामा नमूना सडक बनाइँदै

हेटौंडा । हेटौँडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका दुई सडकलाई नमूना सडक बनाउने भएको छ