बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते



ढोरपाटन (बागलुङ) । बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

अहिले घटनास्थलमा प्रहरी टोली पुगेर उद्धारमा जुटेको छ । गए राति ३ बजे पहिरो गएको गलकोट नगरपालिका–८ का वडासदस्य लोकनाथ कँडेलले बताए । घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बिहीबारसम्म मनसुन थप सक्रिय हुने, सतर्क रहन अनुरोध 

  काठमाडौँ । देशभर बिहीबारसम्म मनसुन थप सक्रिय हुने भएको छ । मनसुन

फिक्कल–नयाँबजार सडक कालोपत्र

फिक्कल । इलामको फिक्कल-जोगमाई-नयाँबजार-दुधाङ सडकअन्तर्गत फिक्कल-नयाँबजार सडक खण्डको कालोपत्र भएको छ । सडकको

मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । एक जना पनि मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ

आजपनि प्रधानमन्त्री प्रचण्ड र ओली भेटवार्तामा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच फेरि भेटवार्ता